Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल


    बिहिबार, कार्तिक ३ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • देबदह। नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।

    एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने ।

    अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्री गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।

    रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार