Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाललाई कारबाही गर्न आयोगले गर्यो रौतहट प्रहरीलाई पत्राचार


    बिहिबार, कार्तिक ३ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचार गरेको छ । 

    आफूले जितेमा ‘फ्रि-भिसा र टिकटको आश्वासन अर्थात् युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । 

    रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मतदातालाई प्रलोभन पार्ने गरी ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । 309507657_409886617834194_1535006289373230546_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार