Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बाजा बजाएर भोट नमाग्न आयोगको आदेश 


    बिहिबार, कार्तिक ३ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले आगामी निर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई बाजागाजासहित भोट नमाग्न  निर्देशन जारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो । 

    राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले बताएको छ
     । 
    यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने,  घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढी लिएर जान नहुने आयोगको भनाई छ ।  निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निश्पक्ष ढंगले सम्पादन गर्नको लागि  सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न आदेश जारी गरेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार