Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना संक्रमित प्रहरीको संख्या बढ्यो: काठमाडौंका ९९, देशभर ३३०


    शुक्रबार, साउन २३ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित प्रहरीको संख्या लगातार बढिरहेको छ । शुक्रबारसम्म काठमाडौंका ९९ प्रहरीसहित देशभर ३ सय ३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् ।

    अन्य २ सय ४९ जना संक्रमित प्रहरी भने उपत्यका बाहिरका हुन् । 

    ३० संक्रमितमध्ये १ सय २६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए । उनका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार