Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


    बिहिबार, कार्तिक ३ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो  ।

    महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आकलन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार