Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कडा कारबाही गर्नुपर्छ : ओली


    बुधबार, कार्तिक २ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

    झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    यसैगरी बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे ।

    सोही कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार