Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो आय-व्यय विवरण


    बुधबार, कार्तिक २ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। टेलिभिजन कार्यक्रम सञ्चालन गर्न छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आय-व्ययको विवरण सार्वजनिक गरेको छ। (रास्वपा)ले विभिन्न ७ वटा शीर्षकमा सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको स्रोतले जनाएको छ । 

    त्यसमध्ये, रास्वपाले पार्टीको सदस्यहरूबाट ३ लाख ५० हजार रुपैयाँ लेबी उठाएको छ । यस्तै, विभिन्न संस्था तथा व्यक्तिहरूबाट १ करोड ७ लाख ६४ हजार रुपैयाँ दान पाएको छ । यसबाहेक, पब्लिकेशन मार्फत ५१ हजार रुपैयाँ र संयुक्त अनुदानमार्फत ९० लाख ३४ हजार रुपैयाँ र विभिन्न ऋणमार्फत ५६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ ।

    यसबाहेक बिक्री तथा अक्सन र लगानीमार्फत भने आम्दानी नगरेको रास्वपाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यी विभिन्न शीर्षकमा रास्वपाले २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आर्जन गरेको बताइएको छ । यस्तै, यस अवधिमा पार्टीले २ करोड ४० लाख १९ हजार ८९४ रुपैयाँ खर्च समेत गरेको छ ।

    पार्टीले कन्फ्रेन्स गरेर २९ लाख ९७ हजार १७५ रुपैयाँ खर्च गरेको छ । यस्तै, तालिमतर्फ १२ लाख ५९ हजार रुपैयाँ तथा कार्यालय स्थापनका लागि ६७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । पर्चा तथा किताब छपाइमा १८ लाख ७३ हजार रुपैयाँ खर्च हुँदा १ करोड १० लाख रुपैयाँ स्थिर सम्पत्ति तथा लगानीमा खर्च गरेको छ ।

    यसैगरी, सामाजिक कार्यमा ५५ हजार रुपैयाँ लगानी भएको उक्त पार्टीले आर्जन गरेको रकमको तुलनामा हाल १० लाख रुपैयाँ बचतमा रहेको पार्टीले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार