सिरहा। सिरहाका एक २३ वर्षीय कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ ।गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको छ ।
तीन वर्षदेखि मृगौलाको समस्या रहेका युवकको मृत्यु भएको हो ।ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाहसंस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिएका छन् ।