Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषि ठहरदेखि चीन तिब्बत युद्ध समाप्त


    बुधबार, कार्तिक २ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सद्दाम हुसेन दोषि ठहर
    सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा  फाँसी  दिइएको थियो ।

    जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण
    सन् २०१५ मा अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व ४ दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए । 

    चीन तिब्बत युद्ध समाप्त
    सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो । चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपमिछ चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध सुुरु भएको थियो । 

    जोनाथान स्विफ्टको मृत्यु
    सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो । एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार