काठमाडौं।सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।
ललितपुरस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार तीनवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री देउवाले आमजनतालाई माओवादी र एकीकृत समाजवादी भनेर विभेद नगर्न आह्वान गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘हँसिया हथौडामै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हथौडा र कलममा मत हाल्नुस्,’ उनले भने ।
देउवाले मध्यराति राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिएको बताए । उनले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भइरहेको भन्दै चुनावपछि पनि गठबन्धन कायमै हुने स्पष्ट पारे ।
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भाँड्न केही तत्व लागिपरेको भन्दै गठबन्धन अझ मजबुत हुने उल्लेख गरे । उनले गठबन्धनका साझा उम्मेदवारप्रति विश्वास र भरोसा गर्न आग्रह गरे ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । उनले एमालेले गरेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको दाबीसमेत गरे ।
भेलामा ललितपुर १, २ र ३ का गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको परिचय गराइएको थियो । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend