काठमाडौं।सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।
ललितपुरस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार तीनवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री देउवाले आमजनतालाई माओवादी र एकीकृत समाजवादी भनेर विभेद नगर्न आह्वान गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘हँसिया हथौडामै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हथौडा र कलममा मत हाल्नुस्,’ उनले भने ।
देउवाले मध्यराति राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिएको बताए । उनले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भइरहेको भन्दै चुनावपछि पनि गठबन्धन कायमै हुने स्पष्ट पारे ।
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भाँड्न केही तत्व लागिपरेको भन्दै गठबन्धन अझ मजबुत हुने उल्लेख गरे । उनले गठबन्धनका साझा उम्मेदवारप्रति विश्वास र भरोसा गर्न आग्रह गरे ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । उनले एमालेले गरेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको दाबीसमेत गरे ।
भेलामा ललितपुर १, २ र ३ का गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको परिचय गराइएको थियो । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend