Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  देउवा भन्छन्-  ओलीले राति राष्ट्रपतिलाई उठाएर संसद विघटन गरेको हो 


    मंगलबार, कार्तिक १ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सवाल खडा गरेका छन्। प्रधानमन्त्री देउवाले वर्तमान संविधान राम्रो भएकाले त्यसको संरक्षण गर्नुपर्ने समेत बताए ।

    ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले पटक-पटक संसद विघटन गरेर संविधानविरोधी कदम चालेको बताएका हुन् ।

    उनले भने, ‘लोकतन्त्रलाई स्थायी गर्नुछ । ओलीजीले जनताले चुनेको संसद दुई पटक भंग गर्नुभयो । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौं । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो । बिहान ६/७ बजे लगेको भए पनि हुन्थ्यो । उहाँको हातमा परेपछि के के गर्नुहुन्छ हुन्छ नि !’

    देउवाले आफूहरुले गठबन्धन गरेर संसद बचाएको उनको भनाइ थियो । आफ्नो नेतृत्वमा सरकार बनेपछि देशलाई समृद्ध बनाउने अभियानमा लागेकोसमेत उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार