काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् ।
आगामी निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ रहेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । ५ लाख १० हजार ४२० जना पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ जना अन्य गरी कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सात प्रदेशमध्ये ठूलो मतदाता प्रदेश १ मा रहेका छन् । प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । यसप्रदेशमा रेहका मतदातामध्ये पुरुष १७ लाख २९ हजार ७७२, महिला १६ लाख ६७ हजार ७१ र अन्य २२ जना रहेका छन् ।
तेस्रो ठूलो मतदाता संख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा रहेका कुल ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये पुरुषको संख्या १८ लाख २७ हजार ८५४, महिलाको संख्या १५ लाख ५८ हजार ७०४ र अन्य ७० जना रहेका छन् ।
आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६३७ रहेको छ । जसमा पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना छन् ।
गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । मतदातामध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २१२, महिला ८ लाख ८२ हजार ७७४ र अन्य १८ जना रहेका छन् ।
देशका सात प्रदेशमध्ये गण्डकी र सदुरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend