काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार बनेका रुपन्देही – २ का उम्मेदवार राजु गुरुङको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम गरेको छ। यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरिएको थियो।
रुपन्देही–२ का निर्वाचन अधिकृत उदविर नेपालीले हिजो सोमबार दिउँसो सूचना निकाल्दै गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरेका छन्।
गुरुङले आफ्नो उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। आइतबार सर्वोच्चले उम्मेदवारी खारेज नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। गत आइतबार सर्वोच्चले उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। निर्वाचन कार्यालयको उक्त निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend