Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, कार्तिक १ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेकाे छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ १९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६२ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ २० पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ । 

    जापानीज येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ । 

    Screenshot (238).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार