Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी विमान आवासीय भवनमा खस्यो, २ जनाको मृत्यु


    मंगलबार, कार्तिक १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मस्को। एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । 

    सैन्य समाचार च्यानल जेभेजडाले  प्रकाशित गरेको एउटा भिडियोमा विमान  अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । 

    क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए । 

    समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार