Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राम्रो कार्य गरेकाले पटक-पटक विजयी हुँदै आएको छु : प्रकाशमान


    सोमबार, असोज ३१ २०७९
    860
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमडौं १ मा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले यहाँका नागरिक जागरुक र सचेत भएकाले र यहाँका जनताले अपेक्षा गरेका र गर्न सकिने कार्य आफुले गरेका कारणले पटक पटक विजयी हुँदै आएको दाबी गरेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले नै भत्काएको समेत बताए। 

    सोमबार पत्रकार भेटघाट कार्यक्रममा सिंहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए । २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे हो ।’

    काठमाडौं १ का जागरुक र सचेत मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको उनले सुनाए । चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उने भने, ‘यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’

    उनले आफूलाई उपप्रधानमन्त्री बनाएर कांग्रेसले यो क्षेत्रका मतदातालाई सम्मान गरेको पनि जिकिर गरे ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार