Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको बैठक बस्दै


    सोमबार, असोज ३१ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने विषयलाई लिएर आज दिउँसो ३ बजे बैठक बस्ने भएको कांग्रेसका एक नेताले बताए
    । 
    प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बोलाएको हो। आजको बैठकमा प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार