Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इरीनालाई किड क्वीन नेपाल उपाधि


    सोमबार, असोज ३१ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं।सौन्दर्य प्रतियोगिता ‘किड क्वीन नेपाल २०२२’ को उपाधि रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षिया इरीना महर्जनले जितेकी छन् । नेप्लीज फेसन होमले राजधानीमा आयोजना गरेको प्रतियोगितामा सहभागी ९ देखि १४ वर्षसम्मका २५ बालिकालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

    १८औं संस्करणको प्रतियोगितामा महर्जनले ‘मिस पब्लिक च्वाईस’ र ‘तस्वीर मिस फोटोजेनिक’को विधागत उपाधि पनि जितिन् । प्रतियोगितामा मा खोप्रिङ इंग्लिस एकेडेमीको कक्षा ७ मा अध्ययनरत भक्तपुरको सूर्यबिनायककी इप्सा प्रजापति फस्ट र जनज्योति सेकेन्डरी इग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनर्रअप भएका छन् । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।

    प्रतियोगितामा सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ती रेग्मी मिस ट्यालेन्ट फस्ट रनर्सअप, स्तुती कार्की मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवक, प्रार्थना बज्राचार्य मिस क्युट, तृप्ति बैद्य सोसियल वेलफर एम्बेसडर, श्रीषा श्रेष्ठ सोसियल वेलफर एम्बेसडर फस्ट रनर्सअप, कृस्पी पौडेल सोसियल वेलफर एम्बेसडर सेकेन्ड रनर्सअप र मिस चार्मिङ, पलिस्था कुटुव बेस्ट ड्रेस, सुबारिया श्रेष्ठ मिस कल्चर, गृष्मा राजचल मिस पर्सनालिटी, आस्था थापा मगर बेस्ट हेयर, सकिरा तामाङ बेस्ट स्कीन, सफलता प्रधानांग बेस्ट स्माइल, परी मगर मिस इलीजेन्ट, ममता श्रेष्ठ र ज्योति खत्री मिस डिसिप्लेन, ट्रेक्षी चित्रकार मिस इनोसेन्ट तथा नीर्जला कौसिला र नसिका ठकुरी मिस फ्रेन्डसीप उपउपाधि विजेता भएका छन् ।

    प्रतियोगितामा नेपाल टेलिकमका व्यवस्थापक सरोज शाक्य, एनआरएन युकेका प्रथम निर्वाचित अध्यक्ष अशोकबाबु श्रेष्ठ, नेपाल क्योकुसिन सेइसिन काइकन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, -यापर निर्णय श्रेष्ठ, मिस नेवाः ११३६ फस्ट रनर्सअप रेजिशा डंगोल, साहित्यकार एवं उद्यमी अञ्जना ताम्राकार, साहित्यकार ज्ञान्दरी कैरी भट्ट, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए । 

    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार