Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आज


    सोमबार, असोज ३१ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज १८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

    वेनेजिर भुट्टो स्वदेश फिर्ता

    आठ वर्षको लन्डन र दुबई निर्वासनपछि  सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी ह्यालीमा भुट्टोको हत्या भएको थियो । उनी पाकिस्तानका  पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् ।

    पाइपलाईन बिस्फोटमा २०० को मृत्यु

    नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाईपलाईनमा ठूलो बिस्फोट भएको थियो । लागोस्थित पाईपलाईनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो । बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो ।

    अमेरिकाले ग¥यो रूसबाट अलास्का खरिद

    सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो । आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो । तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन् । सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो ।

    प्युरटो रिको अमेरिकाको अधिनमा

    स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो । सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ  ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार