Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा रेखा


    सोमबार, असोज ३१ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेलबारी। मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको सदस्यतर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन्  ।

    बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् । 

    त्यस्तै रेखाले बेलबारी वडा नम्ब् ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरू देखिने गर्छ । 

    घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् ।

    Avatar

     
     
    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार