Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ


    आइतबार, असोज ३० २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा।मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौँडा ल्याइदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौँडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।

    बिरगंजबाट हेटौँडा आउँदै गरेका शाहालाई हेटौँडा १४ स्थित ड्राईभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रदेश ०२-०३-०१८ प ८२४८ नंबरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार