Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशमा अझै खतरा छ, मिलेर चुनावमा उठ्ने गरिबी हटाउने माैका आएकाे छ : प्रधानमन्त्री देउवा


    आइतबार, असोज ३० २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  •  काठमाण्डाै। आइतबार काठमाण्डाैमा आयोजित काठमाण्डाै क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। 

    प्रधानमन्त्री देउवाले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको जिकिर गर्दै  राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुन आवश्यक रहेको बताए । उनले आगामी  चुनावमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गरे। 

    प्रधानमन्त्री देउवाले मिलेर चुनावमा उठ्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने दाबी गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार