Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा सुरू


    आइतबार, असोज ३० २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ । आज बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् ।

    एक हप्तासम्म जारी रहने यस महाधिवेशन आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको उक्त महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना हुने गरेको छ। 

    सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने विश्लेषण गरिएको छ ।

    आज आइतबार बिहान १० बजेबाट सुरू महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् । उनले गएका पाँच वर्षमा प्राप्त उपलब्धि र आउने पाँच वर्षको कार्यदिशाबारे पार्टी प्रतिनिधि समक्ष व्याख्या गरेका छन् ।

    788bfc9c75214cc48e4b5d1bb21c9255.jpg
    undefined

    सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ। यस्तै करिब २३०० पार्टी प्रतिनिधि सहभागी यस २०औं महाधिवेशनले ३७० जनाको केन्द्रीय समिति चयन गर्नेछ ।

    41fd5479fc594f90b97d2c76b8e70e30.jpg
    undefined
    984ed5163533464f9a45cef070e4e206.jpg
    undefined
    21fc5afdb8ab4b09ac5e31770aebc5b4.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार