काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भने नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष जोशीले पुर्याएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनेछ।
अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को आज बिहान१०३ वर्षको उमेरमा दुःखद निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन्। उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
१०३ वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने छ । साथै सन्देशमा अध्यक्ष प्रचण्डले भने, ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु।’
आइतबार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको थियो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend