Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा भेटिए ३६० कोरोना संक्रमित, २३३ जना डिस्चार्ज


    बिहिबार, साउन २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार देशभर ३ सय ६० जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ६९ जना पुगेको छ। काठमाडौं उपत्यकामा आज पनि ८७ जना संक्रमित भेटिएका छन् ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा २ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार ३ सय ८९ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ । 

    यस्तै आजसम्म कुल ९ हजार ४ सय ७० जना क्‍वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ६५ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार