काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद समाधान हुन सकेको छैन । विवाद समाधानका लागि भन्दै बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको बैठकमा कुनै सहमति जुट्न सकेन ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन र विभागमा मनोनयन गरेको भन्दै विरोध गर्दै आएका छन्। तर यस विषयमा कुनै सहमति हुन नसकेको बताइएको छ ।
बैठकले क्रियाशील सदस्यता १० लाख पुर्याउने भने निर्णय गरेको छ। हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्। यो संख्यामा शतप्रतिशत थप गर्दा कांग्रेसका करिब १० लाख क्रियाशील सदस्य हुनेछन्।
यस्तैगरी बैठकमा महाधिवेशन समयमै गर्न कोरोना महामारीले पुर्याउन सक्ने असर, पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १४औं महाधिवेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend