Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऐसेलुखर्कको बदेलमा भाइरल फैलियो, १०३ जनाको उपचार


    शनिबार, असोज २९ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए । 

    भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्यचौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ । 

    गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए । 

    तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार