Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी


    शनिबार, असोज २९ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ। नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ ।    
    २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । 
    नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।  
    सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार