Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बुद्धिचाल प्रतियोगिता: आशिष र रुपेसको अग्रता


    शनिबार, असोज २९ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए ।

    प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक छ । उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए । बागमतीका निकेन कुसाराले ३ अंक जोडेका छन् । पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन मर्हजनको २ दशमलव ५ अंक छ । 

    महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अंक सहित शीर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशिला गुरुङ र प्रदेश –१ की खुस्बु थापाको पनि समान ३ अंक छ । यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अंक जोडेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार