Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


    शुक्रबार, असोज २८ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला। दार्चुला जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

    शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए । उनलाई चिकिक्सकमाथि दुर्व्यवहार गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा. जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

    ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार