Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारा -२ मा दुबै गठबन्धनमाथि स्वतन्त्र उम्मेदवार रामकिशोर यादव भारी


    शुक्रबार, असोज २८ २०७९
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बारा । प्रतिनिधीसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएसंगै हरेक क्षेत्रमा चुनावी अभियान शुरु भएको छ ।
    सत्तारुढ गठबन्धन र एमाले–जसपाको गठबन्धन मुल रुपमा अहिले निर्वाचनमा होमिएका छ्न । बारा क्षेत्र नं.२ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार शिवचन्द्र कुशवाहा उम्मेद्वार छ्न भने एमाले–जसपा गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव उम्मेद्वार छन् । यता जसपाकै पुर्व नेता रामकिशोर प्रसाद यादव उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार बनेपछी दुबै गठबन्धनका उम्मेद्वार समस्यामा परेका छन् ।

    निर्वाचन आयोगले उनलाई खरायो निर्वाचन चिन्ह प्रदान गरेको छ । स्थानिय जनतामाझ लोकप्रिय रहेका रामकिशोरको उम्मेदवारी परेपछी वर्तमान सांसद समेत रहेका जसपाका महासचिव तथा पुर्वमन्त्री रामसहायको हार निश्चित भएको स्थानियहरुले चर्चा गर्न थलेका छन् । यसअघी २०७४ सालको आम निर्वाचनमा २८ हजार १ सय ८५ मत ल्याएर विजयी भएका रामसहायलाई जिताउन अहम भुमिका खेलेका रामकिशोर यसपाली आफै उम्मेद्वार भएपछी उनको चर्चा घरघरमा हुनथालेको छ ।

    क्षेत्रका जनतामा त्यति धेरै नघुलेका तथा सांसद, मन्त्री भएपछि खासै उपलब्धिमुलक काम गर्ननसकेका रामसहायको चर्चा भने त्यति भएको पाईदैन् । २०७४ कै निर्वाचनमा बाराकै १ नं.क्षेत्रबाट चुनाव लडेका रामकिशोर २० हजार १ सय ४४ मत ल्याएर पराजित भएका थिए । उनलाई वर्तमान मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले करिब ४ हजार ३ सय मतले पराजित गरेका थिए । रामकिशोरले जसपाबटै क्षेत्र नं.२ मा टिकट मांगेतापनी पार्टिले उनलाई टिकट नदिएपछी उनी स्वतन्त्र उम्मेद्वार भएका हुन । यता सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका शिवचन्द्र कुशवाहा समेत चुनावी अभियानमा भिडेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार