बारा । प्रतिनिधीसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएसंगै हरेक क्षेत्रमा चुनावी अभियान शुरु भएको छ ।
सत्तारुढ गठबन्धन र एमाले–जसपाको गठबन्धन मुल रुपमा अहिले निर्वाचनमा होमिएका छ्न । बारा क्षेत्र नं.२ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार शिवचन्द्र कुशवाहा उम्मेद्वार छ्न भने एमाले–जसपा गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव उम्मेद्वार छन् । यता जसपाकै पुर्व नेता रामकिशोर प्रसाद यादव उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार बनेपछी दुबै गठबन्धनका उम्मेद्वार समस्यामा परेका छन् ।
निर्वाचन आयोगले उनलाई खरायो निर्वाचन चिन्ह प्रदान गरेको छ । स्थानिय जनतामाझ लोकप्रिय रहेका रामकिशोरको उम्मेदवारी परेपछी वर्तमान सांसद समेत रहेका जसपाका महासचिव तथा पुर्वमन्त्री रामसहायको हार निश्चित भएको स्थानियहरुले चर्चा गर्न थलेका छन् । यसअघी २०७४ सालको आम निर्वाचनमा २८ हजार १ सय ८५ मत ल्याएर विजयी भएका रामसहायलाई जिताउन अहम भुमिका खेलेका रामकिशोर यसपाली आफै उम्मेद्वार भएपछी उनको चर्चा घरघरमा हुनथालेको छ ।
क्षेत्रका जनतामा त्यति धेरै नघुलेका तथा सांसद, मन्त्री भएपछि खासै उपलब्धिमुलक काम गर्ननसकेका रामसहायको चर्चा भने त्यति भएको पाईदैन् । २०७४ कै निर्वाचनमा बाराकै १ नं.क्षेत्रबाट चुनाव लडेका रामकिशोर २० हजार १ सय ४४ मत ल्याएर पराजित भएका थिए । उनलाई वर्तमान मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले करिब ४ हजार ३ सय मतले पराजित गरेका थिए । रामकिशोरले जसपाबटै क्षेत्र नं.२ मा टिकट मांगेतापनी पार्टिले उनलाई टिकट नदिएपछी उनी स्वतन्त्र उम्मेद्वार भएका हुन । यता सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका शिवचन्द्र कुशवाहा समेत चुनावी अभियानमा भिडेका छन ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend