काठमाडौँ। लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत रहेका पत्रकार माधव पौडेललाई उपचारकालागि नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण ललितपुर स्थित नेपाल मेडीसीटी अस्पतालमा उपचारत रहेका थिए ।
आज शुक्रबार काठमाडौँको कपनस्थित पौडेलकै निवास पुगेर उनलाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि ५० हजार रुपियाँ हस्तान्तण गरेका छन्।
यस्तै, विभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका संञ्चारकर्मीहरुलाई संस्थाले विगतदेखि आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोवल अध्यक्ष गुणराज लुइटेलले नेपाल फेससंग बताए।