काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उनको परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार आएको रिपोर्ट प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि भैसकेको छ ।
पछिल्लो समय सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण धेरै देखिएसँगै प्रचण्ड निवासमा कार्यरत सबैको कोरोना परीक्षण गरिएको थियो ।
सो परीक्षणको रिपोर्ट अनुसार प्रचण्ड निवासको बाहिरी सुरक्षा घेरामा रहेका ६ जना सुरक्षाकर्मी बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।