Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेसका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई गरे बर्खास्त


    शुक्रबार, असोज २८ २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त (पदमुक्त) गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी  मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    जसमध्य कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् । 

    मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त नै गर्नु परेको जसपाको एक मन्त्रीले बताए।

    309351837_5310856165680257_6061843916885827312_n-1-.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार