Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड


    शुक्रबार, असोज २८ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्।

    निर्वाचन केन्द्रित अगुवा कार्यकर्ताको प्रशिक्षणका लागि आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी नेताले जानकारी दिए। 

    यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।

    प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका हुन्।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवन छाडेर यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार