Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम एमालेद्वारा ५ बागी उम्‍मेदवार पार्टीबाट निष्काशित


    शुक्रबार, असोज २८ २०७९
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले अनुशासन उल्लंघन गरेको भन्दै पार्टीका बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निष्काशन गरेको छ। आगामी ४ मंसिरमा हुँदै गरेको प्रतिनिधि र प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।

    सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरिएको एमालेका एक नेताले जानकारी दिए। 

    एमालेले एक विज्ञप्ति जारी गर्दै, एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्काशन गरेको बताएको छ। 

    यस्तै ,प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार