काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई साताअघि सुदूरपश्चिम गएर आएका पाण्डेमा कोरोना उनी आफैंले जानकारी दिए ।
करिब दुई साताअघि संसदकै कामको शिलशिलामा पाण्डे सुदूरपश्चिमसम्म पुगेका थिए ।
सो टोलीमा रहेका सांसद यादवलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार नै प्रवक्ता पाण्डेसहितका सचिवालयका आठ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।
कुनै लक्षण नदेखिएपनि स्वास्थ्य प्रोटोकल अनुसार परीक्षण गरिएको र प्रवक्ता पाण्डेमा कोरोना देखिएको हो।