काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार बनेका रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।
आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो ।
पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खारेज गरिदिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend