Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • चितवनस्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी


    शुक्रबार, असोज २८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ ।चितवनको रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    पल्पी नामको फलफूलको जुस उत्पादन गर्ने बेभरेज प्रालिमा आज शुक्रवार  बिहान ४ बजेदेखि आगो लागेको हो । आगो करिब चाढे चार घन्टापछि नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
    आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको थियो। उद्योगभित्र रहेका प्लास्टिकका ड्रम, कार्टुन र केमिकल राखिएका भाँडा जलेर नष्ट भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार