Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : देशभरको मौसममा सुधार हुँदै


    शुक्रबार, असोज २८ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।अहिले  नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य  प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    आज  दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

    राति प्रदेश १ का एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार