Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको असोज २८ गते शुक्रबारको राशिफल


    शुक्रबार, असोज २८ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मान सम्मान पनि पाइन सक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज जे काम गर्नुहुन्छ होशियारीपूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुशीको खबर सुन्न पनि पाउनु हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज बन्द–व्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष पनि छाउने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । नयाँ कार्यको योजना बन्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार