काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट मन्त्री भएका चारै जना आजबाट बर्खास्तीमा परेका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेका छन् ।
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई आज बर्खास्त गरेका हुन् ।
जसपाका चारै जना मन्त्रीहरु गत असार २० गते मन्त्री भएका थिए । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो । त्यसैगरी २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन् ।
प्रधानमन्त्री देउवाले उनी बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend