Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेरुतमा रहेका नेपाली सुरक्षित: परराष्ट्र


    बिहिबार, साउन २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते छन्।

    परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको बताए। कायरोस्थित नेपाली राजदूतावास बेरुतका लागि नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा लेबनानमा १२ हजारको हाराहारीमा नेपाली छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार