Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोह्रखुट्टेमा बाउन्सरलाई खुकुरी हान्ने ८ जना पक्राउ


    बिहिबार, असोज २७ २०७९
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को बिनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेलबहादुर खत्री छन् ।

    यस्तै, दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदिप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दिपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दिपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ परेका छन् ।यही असोज २५ गते नम्बर नखुलेका चार वटा मोटरसाइकलमा आएका आठ जनाले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१३ घर भइ हाल काठमाडौं गल्कोपाखा बस्ने एक जना र पाँचथरको फिदिम नगरपालिका–१२ घर भइ हाल सोही स्थानमा बस्ने अर्का एक जनालाई पिछा गरी ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।
    अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार