Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका  टिकटधारी सबै उम्मेदवारलाई विजयी गराउन आह्वान गर्न सक्दिनँ : भीम रावल


    बिहिबार, असोज २७ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीम रावलले आगामी प्रतिनिधिसभा निर्वाचनकालागि टिकट नपाएपछि उक्त विषयमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै देशभक्त टिकटधारी उम्मेदवारहरूलाई विजयी बनाउन लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । 

    आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ५० वर्ष आफूले खुनपसिना बगाएको एमाले पार्टीलाई फेरि पनि आन्तरिक संघर्ष गरेर ठीक ठाउँमा ल्याउन सक्ने अपेक्षा आफूले नत्यागेको दाबी गरे। 

    उनले आफूले एमालेको टिकटधारी सबै उम्मेदवारलाई विजयी गराउन आह्वान पनि गर्न नसक्ने बताए । एमालेबाट सबै देशभक्तले टिकट नपाएको उनको जिकिर छ ।

    रावलले भने, ‘मैले यति मात्रै भन्न सक्छु देशभक्त उम्मेदवारलाई मात्र आगामी निर्वाचनमा विजयी गराउनुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार