काठमाडौँ। आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू र एमालेबाट गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको छ।
यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् भने एमालेबाट गणेशसिंह ठगुन्ना उम्मेदवार रहेका छन् । यस्तै, राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ भने नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ ।
यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिपल्स पार्टीले धर्मसिंह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीले रविन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ ।
२०४८ मा दुई वटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्ड बहादुर सिंह निर्वाचित भएका थिए । २०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend