Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारवाही हुन्छ :आयोग


    बुधबार, असोज २६ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । 
    आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधवार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गरिने बताएका हुन् ।

    आउदो  मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भैसकेकोले  निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने भन्दै आयोगले विज्ञप्ति जारी गरेको छ ।

    कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । 

    यस्तो छ निर्वाचन आयोगले  आज बुधवार जारी गरेको  विज्ञप्ति 

    nir.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार