Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचन आयोगद्वारा प्रत्यक्षतर्फको चुनाव चिह्न प्रदान


    बुधबार, असोज २६ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । 

    आज बुधबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहिले बुधबार उम्मेदवारी फिर्ता दिएका थिए ।

    उम्मेदवारी फिर्ता र खारेजपछि कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरिएको र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको चुनाव चिन्ह पाएका काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार