Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिह्न


    बुधबार, असोज २६ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले  त्रिभुज चुनाव चिह्न पाएका छन् ।भूसालले नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
     निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा  निर्वाचन आयोगले भुसाललाई त्रिभुज चिह्न दिएको हो । भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

    भुसालले  गत शनिवार ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय आफ्नो फेसबुक पेज मार्फत् सार्वजनिक  गरेका थिए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार