काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।
बुधबार प्रचण्डका परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए।
संक्रमित सुरक्षाकर्मी बाहिरी सुरक्षा घेरामा कार्यरत रहेको पनि उनले जानकारी दिए।